Friday, March 16, 2012


जापानी च्याउको गुमीमा खेती
दीपक बुढा
सुर्खेत (गुमी), ३ चैत

जापानबाट ल्याईएको च्याउको गुमीमा व्यवसायीक खेती सुरु गरिएको छ । अमरज्योति बहुउद्देश्यीय सहकारी संस्था गुमी–५ ले व्यवसायीक रुपमा च्याउ उत्पादन थालेको हो । जापानीबाट ल्याईएको कन्चे जातको च्याउको गुमीमा खेती गरिएको छ । च्याउ खेती गर्नेको संख्या हवात्तै बढेको छ ।
स्थानीय सहकारीले व्यवसायीक च्याउ उत्पादन थालेपछि त्यसको सिको गर्दै स्थानीबासीन्दापनि व्यवसायीक च्याउ खेती तर्फ जुटेका छन् । सुरुमा सहकारीले टनेल निर्माण गरेर च्याउ उत्पादन गरेकोमा अहिले गुमी गाविसमा मात्रै २२ जनाले च्याउ उत्पादन सुरु गरेको जनाइएको छ ।
सहकारी संस्थाका कोषाध्यक्ष जीतबहादुर घर्तीले स्थानीयबासीन्दालाई च्याउ खेतीका बारेमा सचेत गराउ“दै व्यवसायीक उत्पादन गर्न सहकारीले नै च्याउ उत्पादन सुरु गरेको बताए । उनले भने–‘सेयर सदस्यहरुलाई स्वरोजगारमुखि बनाउन, सहकारीले पहिले पहल गर्ने गरेको छ, पछि त्यसकै सिको गर्दै अन्य स्थानीयबासीले आम्दानीको स्रँेत बढाउने गरेका छन् ।’ सहकारीले विभिन्न पा“च स्थानमा टनेल निर्माण गरी च्याउ उत्पादन सुरु गरेको हो ।
गुमीमा उत्पादित च्याउ स्थानीय वीरेन्द्रनगर, छिन्चु, मेहलकुना र नेपालगंज बजारमा खपत हुने गरेको सहकारीका कोषाध्यक्ष घर्तीले जानकारी दिए । उत्पादित च्याउको होलसेल मुल्य प्रति के.जि. एक सय पचास र खुद्रा मुल्य दुई सय रुपै“या रहेको छ । 
पा“च वटा टनेलमा तीन हजार बल्व (पोका) राखिएको छ । प्रति बल्व (पोका) बाट छ पटकमा ६–१५ के.जि. सम्म उत्पादन लिन सकिने जानकारी दिए । पश्चिम नेपालमै यति ठूलो परिणामको च्याउखेती पहिलो भएको सहकारीको दावि रहेको छ । प्रति टनेल ४२ हजारका दरले सहकारीले लगानी गरेको छ ।  टनेलको सुरक्षाका लागि एक जना हेराला राखिएको छ । सहकारीले सुरु गरेको व्यवसायीक च्याउ खेतीबाट ५–६ जनाले रोजगारी पाएको बताइएको छ ।
च्याउ राखेको २५ देखि ४५ दिन भित्रमा उत्पादन दिन सुरु हुन्छ । एक पटक राखिएको बल्वबाट छ पटक सम्म उत्पादन लिन सकिन्छ । च्याउ उत्पादन, विक्रि, वितरण केन्द्र स्थापना गरी च्याउको बजारीकरण, उत्पादनलाई निरन्तरता दिईने जनाइएको छ ।
२०६४ सालमा स्थापना भएको सहकारीमा २११ जना सेयर सदस्य रहेका छन् । सहकारीले पहिलो पटक आफ्ना २२ जना सेयर सदस्यहरुलाई व्यवसायीक च्याउखेती सम्बन्धी तालिम दिएको थियो । तालिम प्राप्त जनशक्तिलाई प्रयोग गरी सहकारीले व्यवसायीक च्याउ उत्पादन सुरु गरेको सहकारीका अध्यक्ष टेकबहादुर घर्तीले बताए ।
सबै पा“च वटै टनेलबाट ३५ क्वीन्टलबढी उत्पादन हुनका साथै करिव ६ देखि ८ लाख सम्म सहकारीलाई आम्दानी हुने अनुमान गरिएको छ । सहकारीले सुरु गरेको व्यवसायीक खेती पछि किसानतर्फ समेत विस्तार गरिने सहकारीका अध्यक्ष घर्र्तीले बताए ।
उनले भने–‘यो हाम्रो अभियान हो, स्थानीय उत्पादन, बजारीकरण मार्फत स्वरोजगार बढाउन सहकारीले ऋण प्रवाह, तालिममा विशेष जोड दिईने छ ।’ उक्त सहकारीले स्थानीय कच्चा पदार्थबाट साबुन उत्पादन, मैैनबत्ती उत्पादन उद्योग संचालन गरिरहेको छ । सदस्यहरुलाई ज्ञान,सिप विकास गरी नमूनाका रुपमा प्रस्तुत हुने जनाइएको छ ।
यता जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जिल्लाका केही गाविसलाई च्याउ उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने जानकारी दिएको छ । जिल्ला कृषि विकास कार्यालय प्रमुख रामप्रसाद गौतमले च्याउलाई व्यवसायीक रुपमा खेतीनै गर्न केही ठाउ“मा सुरु भएको जानकारी दिए । लाटीकोइली, उत्तरगंगा, जर्वुटा, 
मेहलकुना, मैनतडा,  छिन्चु, रामघाट, गुमी, दशरथपुरमा च्याउ उत्पादनको सम्भावित क्षेत्र रहेको जानकारी दिए । व्यवसायीक रुपमा च्याउखेती मार्फत जिविकोपार्जन गर्न सकिने प्रमुख गौतमले बताए । कृषि विकास कार्यालय सुर्खेतले कृषकहरुलाई च्याउको विउ, परामर्श, तालिम समेत दिने गरेको छ ।

No comments:

Post a Comment