Saturday, March 17, 2012


अधिकारसंगै व्यवसायी बन्दै महिला
दीपक बुढा 
सुर्खेत (गुमी), ४ चैत
गुमी–१ की पूर्णकला टमटाले मिठाई व्यवसाय संचालन गर्दै आएकी छन् । कम्जोर आर्थिक अवस्था रहेकी पूर्णकलाको जिम्मेवारी एक्लो छैन् । उनले बुवा, आमाको खर्च समेत धान्ने गरेकि छन् । उनी स्थानीय फुलबारी महिला समूहमा आवद्ध भएपछि समूहकै सहयोगमा व्यवसाय संचालन गरेकि हुन् । २०६७ मा ५ सय ऋण लिएर व्यावसाय गरेकि उनले अहिले मासिक ३० हजार सम्म कारोबार गर्ने गरेकि छन् ।
समूहका ३०  जना महिलाहरुले मासिक बचत गर्ने गरेका छन् । मासिक बचतबाट समूहमा जम्मा भएको रकम लिएर उनले अ‍ैठे मिठाई उत्पादन गर्न थालेकि हुन् । पूर्णकलाले उत्पादन गरेको मिठाई गुमी, मेहलकुना, मैनतडा, छिन्चु वीरेन्द्रनगर बजार सम्म विक्रि वितरण हुने गरेको छ । एक पटकको उत्पादनबाट उनले सात सय रुपैया“ सम्म आम्दानी गर्ने गरेकि छन् । मिठाई व्यवसायबाटै तीन जनाको परिवार खर्च जुटाई रहेकि छन् । 
फुलबारी महिला समूहकी अध्यक्ष धनसरा गुरुङले प्रत्येक दिन चल्ने छलफल कक्षामा मासिक बचत गर्नुका साथै महिलाहरुको आयआर्जन बृद्धि हुने काम समेत गर्ने गरेको बताईन् । उनले भनिन–‘महिलाहरुलाई अधिकारको मात्रै कुरा गर्दैनौ जिविकोपार्जनका विषयमा समेत छलफल गर्छौ ।’  समूहकै सक्रियतामा सामुहिक खेती समेत गरिएको छ ।
समूहको आम्दानीको स्रोत बढाउ“दै समूहमा बचत भएको रकमबाट महिलाहरुलाई सहुलियतमा ऋण प्रदान गर्न सामुहिक बेसार, आलु, अदुवाखेती गरेको समूहका अध्यक्ष गुरुङले बताईन । ‘समूहको आयस्रोत बढाउन व्यवासायीक रुपमा खेती गरेका हौं ।’–अध्यक्ष गुरुङको भनाई छ ।
समूहले मासिक बचतबाट ४८ हजार रकम जम्मा गरेको छ । समूहको छलफल कक्षामा महिला दिदिबहिनीहरुको समस्याका बारेमा छलफल गर्नुका साथै आफ्नो अधिकार, स्थानीय संरचनामा महिला सहभागितामा बारेमा समेत छलफल गर्ने गरेका छन् ।
समूहमा बचत भएको रकमबाट महिलाहरुको आवश्यकता र समस्याका आधारमा १० हजार सम्म रकम ऋण दिने गरिएको छ ।  फुलबारी महिला समूह मात्रै होइन् गुमीमा गठन गरिएका दश वटा महिला समूहले नियमित छलफल कक्षामा सहभागि हुनुका साथै मासिक बचत समेत गर्ने गरेका छन् ।
महिलाहरुले गरेको मासिक बचत रकमबाटै सामाजिक काम समेत गरेका छन् । गुमी–२ शान्ति महिला समूहका अध्यक्ष टिका दर्लामीले महिलाहरुले मासिक २५ रुपैया“ बचत गर्ने गरेको बताईन । उनले भनिन–‘समस्या परेका दिदि बहिनीलाई सहयोग गछौं । पहिले नेता भन्दै गिल्लीकाटने पुरुषहरु पनि अहिले सहयोग माग्न आउछन् ।’ राम्रो काम गरेको भन्दै पुरुषहरुले समेत सहयोग गर्ने गरेको अध्यक्ष दर्लामीले बताईन् ।
गुमी–६ कै शान्ति महिला समूहले समेत मासिक बचतबाट जम्मा भएको रकमबाट गाउ“का दिदि बहिनीलाई आपतविपत पर्दा सहयोग गर्ने गरेको छ । समूहका सदस्य लक्ष्मी सुनारको निधन भयो । बच्चा जन्माउनेक्रममा लक्ष्मीको निधन भएको हो । जिवित रहेको बच्चाको पठन पाठनमा सहयोग पु¥याउने उद्देश्यले समूहले बच्चाकै नाममा कोष बनाइदिएको छ ।
समूहका अध्यक्ष धनमाया बुढाले समूहमा आवद्ध महिला दिदि बहिनी सुत्केरी हु“दा समूहलेनै भत्ता उपलब्ध गराउने गरेको बताईन । सचेतना युवा क्लवलाई गाउ“मा कार्यक्रम संचालन गर्न सहयोग उपलब्ध गराएको समेत अध्यक्ष बुढाले बताईन । उनले भनिन–‘मासिक बचतबाट जम्मा भएको रकमबाट साना तिना कार्यक्रम आफै गर्ने गरेका छौं, महिलाहरुलाई अप्ठयारो पर्दा हामी सहयोग गर्छौं ।’
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतले अक्सफाम जिविको सहयोगमा गुमी सहित जिल्लाका तीन  गाविसमा महिला आवाज परियोजना अन्तर्गत छलफल कक्षा संचालन गरिएको थियो । सातामा छ दिन संचालन हुने छलफल कक्षामा महिला हक अधिकार, स्थानीय संरचना (विद्यालय,सामुदायिक वन, खानेपानी उपभोक्ता समिति) मा महिलाको सहभागितामा बृद्धि गर्ने विषयमा छलफल गर्ने गरिएको छ ।
गुमीका सहजकर्ता भुपाल गुरुङले संचालित छलफल कक्ष्ाँमा महिला हिंसा, उजुरी गर्ने निकाय, समाधानका उपाय, महिलाको सहभागिताका विषयमा छलफल गर्ने गरिएको बताए । महिलाहरुलाई आफ्नो सहभागिता र भूमिका बारेमा जानकारी गराउ“दा स्थानीय संरचना वन, विद्यालय र खानेपानी उपभोक्ता समूहमा पहिलेको तुलनामा महिला संख्या बढेको उनले बताए । 
दुई सय बढी महिलाहरु छलफल कक्षामा सहभागि
 भएर नियमित मासिक बचत गर्ने गरेका छन् । मासिक बचतबाट मात्रै गुमीमा दुई लाखबढी रकम जम्मा भएको र ऋण परिचालन भैरहेको परिचालन गुरुङले 
जानकारी दिए । उनले भने–‘संस्थाको कार्यक्रममा थिएन तर महिलाहरु आफै बचत गरौं भनेर लागेका हुन् । बचतले समूहलाई अंझ बलियो बनाएको छ ।’
वाम संस्थाका कार्यक्रम संयोजक अमृता अधिकारीले महिलाहरुले स्वतस्फुर्त रुपमा मासिक बचत गरेर सामाजिक कार्यमा अग्रसरता देखाएको बताईन । उनले भनिन–‘महिलाहरुलाई अधिकारका बारेमा सचेत गराउ“दा आयआर्जनमा समेत आफै सक्रिय भएका छन् । महिलाको बचतबाट उठेको रकम व्यवस्थापन गर्न संस्थाले योजना बनाएको छ ।’
महिलाहरुको बचतलाई व्यवस्थित गराउ“न संस्थाले लेखा व्यवस्थापन, सञ्जाल व्यवस्थापन, नेतृत्व विकास, ऋण परिचालन जस्ता विषयमा तालिम दिएको बताईन । प्रत्येक गाविमसा १० वटा छलफल कक्षा रहेका छन् । छलफल कक्षामा सहभागि महिलाहरुकै अगुवाईमा गाविसमा एउटा सहकारी संस्था स्थापना गरेर महिलाहरुको बचत परिचालनमा सहज बनाउने उनले बताईन । 

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete