Thursday, March 15, 2012


ब्राउनसुगर सहित एक पक्राउ
हिमा उपाध्याय
सुर्खेत, २ चैत
नेपालगंजबाट व्राउन सुगर लिएर सुर्खेत आउ“दै गरेका एक युवा पक्राउ परेका छन् । लाटीकोइली–९, नौलापुरका याक्कु अन्सारी पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ । 
पक्राउ परेका अन्सारीबाट प्रहरीले एक पुरीया व्राउन सुगर, नाईट्रोसन १२ टयाव्लेट, कोडीएफ् एक सिसी बरामद गरिएको छ ।  १२०३ नम्बरको हाईसमा नेपालगंजबाट चढेका अन्सारीले छिन्चुबाट मोटरसाईकल प्रयोग गरेका थिए ।
उनलाई लिन वीरेन्द्रनगरबाट २१५५ नम्बरको मोटरसाईकल सहित एक जना छिन्चु पुगेका थिए । उनीहरु व्राउन सुगर सहित आएको सूचना पाएपछि प्रहरीले उनीहरुलाई सुब्बाकुनाबाट नियन्त्रणमा लिएको जनाइएको छ ।
चिसापानी र हर्रे चेक पोष्टमा उनीहरु पैदल हिडि नेपाली सेनाको चेक जा“चबाट उम्कन सफल भएको स्रोतले जानकारी दिएको छ । यस अघि एक युवा व्राउन सुगर सहित उक्राउ परेका थिए ।
फागुन–१३ गते वी.न.न.पा. वडा नं.–६ बस्ने हेमन्त नेपालीलाई लागु औषध (व्राउन सुगर) ओसार पसार तथा विक्री वितरण गर्ने क्रममा पक्राउ गरेको थियो । विशेष सुराकका आधारमा मिति फागुन ८ गते यस जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको बिशेष प्रहरी टोलीले नेपालीको शरीर 
खानतलासी गर्दा  निजको साथबाट ०.२६ मि.ग्राम अवैध लागु औषध (व्राउनसुगर) फेला परेको थियो ।
प्रहरीले तत्काल उक्त लागु औषध (व्राउनसुगर) सहीत निजलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक कार्वाहि प्रक्रिया चलाइएको थियो । 

No comments:

Post a Comment