Monday, December 5, 2011


रोकियो बाल विवाह

सुर्खेत, १९ मंसिर ।
सुर्खेतबाट नेपालगन्ज पुगेर भागी बाल विवाह गर्न लागेका एक जोडीको विवाह रोकिएको छ । आमा र बुवा दुवैले दोस्रो विवाह गरेपछि मामाघर बस्दै आएकी १५ वर्षीया निमा खड्का गाउ“कै १७ वर्षीय दिलीप खत्रीस“ग भागी विवाह गर्न घरबाट हिंडेकी थिइन् ।
१५ वर्षीय निमा सरस्वती मावि दुनीखोलामा कक्षा ९ मा अध्ययनरत थिइन् भने खत्री अमरज्योति उच्च माविमा कक्ष्ाँ १२ मा अध्ययरत थिए । नेपालगञ्जस्थित वागेश्वरी मन्दिरमा शनिबार उनीहरुको विवाह गर्ने तयारी थियो । तर, जिल्ला बाल कल्याण समिति सुर्खेतको आग्रह अनुसार जिल्ला प्रहरी कार्यालय बा“के र सिविनको सक्रियतामा सो विवाह रोकिएको हो ।
केटाकी माइजु दुर्गा वली तथा बुवा धन बहादुर खत्रीसहित गएर विवाह गर्न लाग्दा जिल्ला बाल कल्याण समिति सुर्खेतले दिएको जानकारी अनुसार जिल्ला बाल कल्याण समिति बा“के, जिल्ला प्रहरी कार्यालय बा“के तथा सिविन–नेपाल नेपालगञ्जको समन्वय र सहयोगमा सो बाल विवाह रोकिएको जिल्ला बाल कल्याण अधिकृत रमा भण्डारीले जानकारी दिनुभयो । बाल विवाहमा संलग्न केटा पक्षका परिवार तथा विवाह गराउन लागेका बाहमणलाई समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो । विवाह गराउने ब्राम्हणले बाल विवाह हो भन्ने थाहा नभएर आफूबाट गल्ती भएको प्रहरी समक्ष बयान दिएपछि प्रहरीले उनलाई तारेखमा छोडेको छ । सुर्खेतमा बाल विवाह विरुद्धको अभियान सक्रिय हुदै जा“ंदा सुर्खेतका बालविवाहहरु अब नेपालगन्ज पुगेर हुन थालेका छन् ।
यसै क्रममा रुपैडिहामा विवाहको सामान किन्न जानलाग्दा करिव शनिबार १२ बजेतिर माइति नेपालले उनीहरुलाई सोधपुछ समेत गरेको थियो । सोधपुछ गर्दा बालिकाले सा“चो कुरा बताएपनि बालकका बुवाले वास्तविकता लुकाएर बोलेको भन्दै माइती नेपाल नेपालगन्जको भन्सार पोष्टमा मानव वेचविखनको शंका लागेर करिव ४ घण्टासम्म उनीहरुलाई रोकिएको समेत संरक्षण अधिकृत भण्डारीले जानकारी दिनुभयो । मध्यपश्चिमकै बढी विवाह हुने वागेश्वरी मन्दिरमा बालविवाह सम्बन्धमा त्यहा“का ब्राम्हणहरु अनविज्ञ हुनु गम्भीर विषय भएकोले त्यस सम्बन्धमा अभिमुखीकरण गर्नुपर्ने पनि उहांको भनाइ छ 




No comments:

Post a Comment