Friday, December 9, 2011


सभासद्लाई जनताको प्रश्नः साँच्चै अब थपिएको 
६ महिनामा संविधान बन्छ त 

दीपक बुढा/सुर्खेत 
चुनावको बेला तपाईले जनतालाई बाड्नु भएको आश्वासनहरु कत्ति पूरा गर्नु भयो रु चुनाव भएको चार बर्ष बितिसक्दा पनि न त संविधान बनाउनु भएको छ, न त यहाँका जनताले अपेक्षा गरेको बिकास निर्माणको कुरा नै । अब थपिएको समयमा पनि संविधान बन्छ भन्ने ग्यारेन्टी के छ रु सभासद् ज्यू १श्री सूर्य प्रकाश उच्च माध्यामिक विद्यालय सालकोटमा अध्ययनरत छात्रा गरिमा के।सीले विहीबार आफ्नो निर्वाचन क्षेत्रका समासद् नरबहादुर बिष्टलाई प्रश्न गरिन् । जवाफमा सभासद् बिष्टले राजनीतिक सहमती जुट्दै गएकाले अब निर्धारित समयमा संविधान निर्माण गरिनेमा आफू विश्वस्त भएको बताए । ‘अहिले राजनीतिक सहमती हुँदै गएको छ’ उनले भने, ‘अबको ६ महिनामा हामी जसरी पनि संविधान बनाउन सक्छौ ।’संविधान सभाको निर्वाचनमा जनतालाई बाड्नु भएको आश्वासन पूरा गर्न के पहल गर्नु भयो त रु तपाई यहाँसम्म आइपुग्दा सडकको अवस्थामा के सुधार भएको पाउनु भयो रु तपाई यहाँबाट जितेर गएपछि के हामीले बिजुली बाल्न पायौ रु विहीबार पश्चिम सुर्खेतको सालकोटमा आयोजना गरिएको नागरिक सम्वाद कार्यक्रममा उपस्थित सभासद् बिष्टलाई स्थानीयबासीले यस्तै प्रश्नहरु निरन्तर तेस्र्याए ।सालकोटका खडक बि।कले चुनावका बेला जनतालाई बाँडेका सपनाहरु पुरा नभएको भन्दै पहल गर्न सभासद्लाई आग्रह गरे । चुनाव अगाडी सबै क्षेत्र वर्ग र जातजातीका मानिसहरुको अधिकार सुनिश्चित गर्ने सपना बाड्नु भयो त्यो किन पूरा भएन रु बि।क।को प्रश्नको जवाफमा सबैले मान्ने हुने सबैका अधिकार सुनिश्चित भएको संविधान निर्माणका लागि नै ढिलाई भएको बताए ।नागरिकहरुलाई आश्वस्त पार्दै सभासद् बिष्टले आफूले संविधान सभाको निर्वाचन मार्फत संविधान निर्माणको जिम्मेवारी पाएको भएपनि राजनीतिक अस्थिरताका कारण त्यो पूरा हुन नसकेको बताए । ‘संविधानसभाको चुनाव संविधान निर्माणका लागि भएको थियो’ सभासद् बिष्टले भने, ‘यो बेला बिकास निर्माणका कामहरु अपेक्षा गरे अनुसार हुन सक्दैनन् ।’सभासद् बिष्टले आफ्नो निर्वाचन क्षेत्रको बिकासका लागि विजौरासम्म विद्युतीकरणका लागि ३३ केभि प्रशारण लाई बिस्तारका लागि जग्गा खरिदको प्रक्रिया शुरु भएको भन्दै अबको दुई बर्षभित्र गाउँमा विद्युतीकरण गर्न आफूले पहल गरिरहेको बताए । ‘काममा केही ढिलाई भए पनि चुनावका बेला मैले जनतासंग गरेका बाचा पूरा गर्नेतर्फ म गम्भीर छु ।’बड्डीचौरदेखिको सडक स्तरोनतीका लागि आफ्नै पहलमा १ करोड ६० लाख रुपैयाँ छुटयाइएको भन्दै चाँडै नै सडकको स्तरोनती गरिने उनको दावी छ । कार्यक्रमको अधिकांस समय जनताबाट आलोचना मात्र खेपेका सभासद्ले त्यहाँ पनि सपना बाड्न भने छोड्नन् । ‘हामीले कल्पना गरेका छौ पश्चिम सुर्खेतको विद्युतीकरण, सञ्चारको सुविधा यहाँको शैक्षिक गुणस्तर र यातायातको सुविधाका लागि म चिन्तित छु ।’कार्यक्रमका सहभागिहरुले सभासद्हरु संविधान बनाउनका लागि दलहरुलाई दवाव दिन नसकेको, आफ्नो पदलाई जागिर सम्झिएको, जनताका भावनाहरु बुझ्न नसकेको भन्दै आलोचना गरेका थिए । सभासद् बिष्टले शिक्षा स्वास्थ्य रोजगार मौलिक अधिकारका रुपमा सुनिश्चित भएको संविधान निर्माणका लागि आफूहरु लागेको बताए । कार्यक्रम मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र ९हरप्लेस०को आयोजनामा भएको थियो ।

No comments:

Post a Comment