Monday, December 5, 2011


सुखर्ेतमा रक्तदान गरि स्वयमसेवक दिवस मनार्इयो ।
मोहम्मद आयतुल्ला रहमानसुखर्ेत मंसिर , १९  । 
अन्तराष्टि्रय युवा वर्ष्ा तथा अन्तराष्टि्रय स्वयमसेवक दिवसको अवसरमा वीरेन्द्रनगरमा सोमवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल वीरेन्द्रनगर बहुमुखी क्याम्पस र सामुदायिक युवा रेडक्रस सर्कल नेवारेको संयुत्तm आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।आफुभित्र रहेको स्वयमसेवा खोजौ भन्ने मुल नाराका साथ दिगो रुपमा स्वयमसेवाको संस्क ृति विकास र स्वयमसेवकहरुको सम्मान , सुरक्ष्ाा र प्रबर्धनमा जोड दिने उद्देश्यले उत्तm रत्तmदान कार्यत्रmम गरिएको हो । कार्यक्रममा मानवीय सेवाभावले रक्तदान गर्न स्वयमसेबी युवाहरुलार्इ आह्ान गरिएको थियो । ने.रे.सो.जिल्ला शाखा सुखर्ेतका मन्त्री देवप्रसाद गौतम शाखा अधिक ृत गोविन्द प्रसाद आचार्य ,स्व.वि.यु उपसभापति देवेन्द्र कुमार सेजुवाल , यु.रे.स.वहुमुखिका उपाध्यक्ष्ा रोशन पोखरेल ,सदस्य क ृष्ण्ा न्यौपाने ,रमेशबहादुर सुनार ,विनोद लम्साल , हरिशचन्द्र रावत , राकेश गिरी , ललित कुमार खड्‍का , खगेन्द्र त्रिपाठी , पारस पुरी , कमल आचार्य , रामशकंर सुवेदी ,  सुन्दर आचार्य , उजागर रोकाय, सरद पन्त, दीपेन्द्र कुमार कार्की , अशोक बुढा र  यु.रे.स. नेवारे का अध्यक्ष्ा प्रेम खत्रि लगायत २० जना रत्तmदाता हरुले रत्तmदान गरका थिए । यसै बिच दिवसकै अवसरमा आगामी २३ गते युवा रेडक्रस सर्कल उ.मा .वि.इत्राममा चित्रकला प्रतियोगिता हुने जनार्इएको छ ।

No comments:

Post a Comment