Monday, December 12, 2011


वडैपिच्छे खानेपानी आयोजना

सुर्खेत
    पश्चिम सुर्खेतको सालकोट गाविसका प्रत्येक वडावडामा खानेपानी आयोजनाहरु संचालन गरिएका छन् । खानेपानीको संकट टार्ने उद्देश्यले संचालनमा ल्याइएका ती आयोजनाहरु धेरैजसो सम्पन्न भइसकेका छन् । आयोजना सम्पन्न भएपछि अहिले त्यस क्षेत्रमा खानेपानीको अभाव नभएको स्थानीयहरु बताउँछन् ।  गाउँ विकास समिति, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र जनश्रमदानबाट ती योजनाहरु संचालन भइरहेका छन् । उक्त गाविसमा ८ वटा खानेपानी आयोजना संचालन भएका छन् । जसमा ७ वटाको निर्माण सम्पन्न भइसकेको छभने एउटा निर्माणाधीन अवस्था छ । त्यस्तै तीन वटा आयोजना फेरि संचालन हुने तर्खरमा रहेको छ । ती आयोजनाबाट १ सय ७० वटा धारा बनेका छन्भने ६ सय ५२ वटा चर्पीको स्तर सुधार गरिएको छ । त्यस्तै हजारौं बासिन्दा लाभान्वित भएका छन् ।

    ती सवै वडाहरुको खानेपानी आयोजनाको लागि ३ करोड बढी हुन आउ“छ । उक्त गाविसको वडा नं. १ मा मानसैनी खानेपानी आयोजना निर्माण भइसकेको छ । २२ लाख बढीको लागतमा बनेको सो आयोजनामा ११ वटा धारा जडान छन्भने ५९ वटा सुधारिएको चर्पी बनेको छ । सोही वडामै ३० लाख बढीको लागतमा ठाडागडा खानेपानी आयोजना पनि संचालन गरिएको छ । यसमा १५ वटा धारा जडान छन्भने ८४ वटा चर्पीलाई सुधार गरिएको छ । 
    यस्तै वडा नंं ३ मा कोइरालाचुला र चुकेताल खानेपानी आयोजना बनेको छ । जसअनुसार कोइरालाचुलाको लागत २९ लाख बढी छभने त्यहा“ १४ वटा धारा र ४६ वटा सुधारिएको चर्पी बनाइको छ । चुकेतालको लागत २१ लाखको छभने ८ वटा धारा र ६१ चर्पीको सुधार गरिएको छ । वडा नं. ४ मा जंगला खानेपानी आयोजनबाट २१ वटा धारा जोडिएको छ । २९ लाख बढीको लागतमा बनेको सो आयोजनाबाट ८२ वटा धाराहरुको स्तर सुधार गरिएको छ । 
    यसैगरी वडा नं. ८ मा लामीदमार खानेपानी आयोजना सम्पन्न भइसकेको छ । ४७ लाखको लागतमा बनेको उक्त आयोजनाबाट २५ वटा धारा जडान भएको छभने १ सय २ वटा चर्पीको सुधार गरिएको छ । वडा नं. ९ मा तोकमा खानेपानी आयोजनाको लागत ४८ लाख बढी छ । यसबाट २८ वटा धारा बनाइएको छभने ८२ वटा चर्पीको सुधार गरिएको छ । यस्तै वडा नं. ४ र ५ मा च्युरीखेत खानेपानी आयोजना निर्माणाधीन अवस्था छ । ४३ लाख बढीको सो आयोजनाबाट ४२ वटा धारा जोड्ने र ६५ वटा चर्पी सुधार गरिने छ । 
    च्युरीखेत बाहेक अन्य आयोजनाहरुका सम्पन्न भएर हस्तान्तरण भएको र एउटा बन्दै गरेको गाविस सचिव तिलकराम अधिकारीले बताए । उनका अनुसार सोही गाविसमै अन्य तीन वटा खानेपानी आयोजना बनाउने पत्र आइसकेको छ । केही समयपछि ती आयोजनाहरु बन्ने उनको भनाइ छ । आयोजनाका लागि नेपाल स्वास्थ्यका लागि पानी, गाउ“ विकास समिति र जनश्रमदानको सहयोग जुटाइएको छ । 
    नेवाले गाविसमा हुने खानेपानी संकटको समाधान गर्न निकै सघाउ पु¥याएको सचिव अधिकारीले बताए । सालकोट खुल्ला दिसामुक्त गाविस घोषण भइसकेकोले सवै आयोजनाहरु निर्माण भइसकेपछि गाविसलाई पूर्ण सरसफाईयुक्त बनाउने लक्ष्य लिएको जानकारीसमेत उनले दिए । उक्त गाविसको कूल बजेट २१ लाख ५० हजार रहेको छ । 

No comments:

Post a Comment