Saturday, December 10, 2011

चोरीको आरोपमा प्रहरीद्वारा सुनारलाई यातना
सुर्खेत । मंसिर २४ गते
मैनतडा गाविस जहरेबजारस्थित न्यु भेरी सुनचाँदी पसलबाट ०६८ मंसिर गते गरगहना चोरी गरेको आरोपमा मैनतडा गाविस लोदेका १७ वर्षीय सेवक सुनारलाई प्रहरीले पटकपटक यातना दिएको
चोरीको आरोपमा ०६८ मंसिर गते मेहेलकुना प्रहरी चौकीमा मंसिर २२ गते इलाका प्रहरी कार्यालय छिन्चुमा बोलाई प्रहरीले यातना दिएको पीडितको भनाइ उनको अनुसार गते बिहान मेहेलकुना प्रहरी चौकीका इन्चार्ज असई केशर भारतीले २२ गते राति इप्रका छिन्चुका प्रहरीले लाठीले पैतलामा कुटपिट गरी यातना दिएका थिए
 पटकपटक प्रहरीले यसरी यातना दिनुको साथै आगामी मंसिर २७ गते पुन इप्रका छिन्चुमा बोलाइएका सुनार त्रसित हुँदै इन्सेक सुर्खेतसमक्ष आएपछि इन्सेक सुर्खेतले तत्कालै यसबारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी गोविन्दराम परियारसँग कुराकानी गरी सुनारलाई यसरी यातना नदिन आग्रह गरेको
इन्सेक सुर्खेतको आग्रहपछि एसपी परियारले मेहेलकुना प्रहरी चौकी इप्रका छिन्चुका प्रहरीले सुनारलाई यातना दिएको ठहर भएमा उनीहरूलाई कानुन वमोजिम सँजाय गरिने, आगामी दिनमा उनलाई यसरी यातना नदिइने चोरी गरेको भन्ने आरोपको सन्दर्भमा भने सुनारमाथि छानबिन गरिने बताए

No comments:

Post a Comment