Monday, December 12, 2011

मोटरसाईकल दुर्घटनामा किशोरीको मृत्यु
सुर्खेत, २६ मंसिर ।
मोटरसाईकल दुर्घटना हुँदा सुर्खेतमा एक जनाको ज्यान गएको छ । लाटीकोइलीस्थित देउती बज्यै मन्दिर नजिक भे २ प ८५९२ नम्वरको मोटरसाईकल सोमबार विहान दुर्घटना हुँदा अन्दाजी १५ वर्षीया सीता चौधरीको घटना स्थलमा नै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चौधरी आफैले मोटरसाईकल चलाएकी थिईन । बाक्लो हुस्सुका कारण चौधरीले नियन्त्रण गुमाएपछि विहान ५ वजेतीर मोटरसाईकल मन्दिर नजिक रहेको खोलामा खसेको प्रहरीले जनाएको छ । आफन्तलाई बजारमा छोडेर घर फर्कने क्रममा चौधरी मोटरसाईकल दुर्घटनामा परेको सुर्खेतका प्रहरी प्रवत्ता डिएसपी आनन्द मराठाले जानकारी दिए ।

No comments:

Post a Comment