Saturday, December 17, 2011


छोराछोरी विद्यालय नपठाउनेलाई गाविसको सुविधाबाट वञ्चित


दीपक बुढा/सुर्खेत । 
आफ्ना बालबालीका विद्यालय नपठाउने अभिभावकहरुलाई गाविसबाट प्रदान गरिने कुनै पनि सेवा सुविधाबाट वञ्चित गरिने भएको छ । गाउँ शिक्षा समिति लाटीकोइली र गाउँ विकास समिति लाटीकोइलीले यस्तो निर्णय गरेका छन् । आधारभुत तह९कक्षा १ देखि कक्षा ८०सम्म पढ्ने उमेर समूहका बालबालीकाहरुलाई विद्यालय नपठाउने अभिभावकहरुलाई गाविसबाट प्रदान गरिने नागरिकता बनाउनका लागि सिफारिस, वृद्ध भक्ता जस्ता सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरिएको गाउँ शिक्षा समिति लाटीकोइलीका सदस्य सचिव भक्तबहादुर शाहीले जानकारी दिए । उनले मंगलबार लाटीकोइली गाविसलाई मंगलबार आधारभुत तहसम्म अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरिएको छ । लाटीकोइलीमा १४ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । जसमा आधारभुत तहसम्म हाल २८ सय ३ जना बालबालीका अध्ययनरत छन् । अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरिएपछि लाटीकोइली गाविसका कुनैपनि विद्यालयमा आधारभुत तह९कक्षा  १देखि कक्षा ८० सम्म अध्ययन गर्नका लागि कुनै पनि बालबालीकाहरुले शुल्क तिर्नुपर्ने छैन । यहाँका सबै सामुदायीक विद्यालयहरुले आधारभुत तहसम्म निशुल्क अध्ययन गराउने छन् । गाविसलाई अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक घोषणा गर्नका लागि जिल्ला शिक्षा कार्यालय सुर्खेतले १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ । गाउँ शिक्षा समितिका सदस्य सचिव भक्तबहादुर शाहीका अनुसार लाटीकोइली गाउँ विकास समितिले अनिवार्य तथा निशुल्क शिक्षा प्रदानका लागि गाउँ शिक्षा समितिलाई प्रत्येक वर्ष गाविसको आन्तरिक स्रोतको १० प्रतिशत बजेट विनियोजन गर्ने भएको छ । यस्तै समाज जागरण केन्द्र स्याक, गाविसमा रहेका विभिन्न संघ संस्थाहरुले पनि सहयोग गर्ने बचन दिएको उनले जानकारी दिए । सदस्य सचिव शाहीले बालबालीकाहरुलाई विद्यालयमा आकर्षित गर्नका लागि सामुदायीक विद्यालहरुका भौतिक र शैक्षिक गुणस्तर सुधार गर्नुका साथै बालबालीकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने जस्ता कार्यक्रमहरु अघि सारीएको जानकारी दिए । यस्तै आफ्ना बालबालीकाहरुलाई विद्यालयमा नपठाएर घरायसी काममा लगाउने अभिभावकहरुलाई सामाजिकि कार्वाही गर्नका लागि बालबालीका विद्यालय नपठाउने अभिभावकहरुलाई विद्यालय, गाविस र गाविसमा रहेका अन्य संघसस्थाबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा नदिने नियम बनाइएको जानकारी दिए । अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक घोषणा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती निमित्त स्थानिय विकास अधिकारी ओमदत्त रेग्मीले कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जानबाट वञ्चित बालबालीकाहरुलाई विद्यालय सेवा क्षेत्रभित्र ल्याउनका लागि अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा कार्यक्रमले सहयोग पुर्‍याउने बताए । उनले सरकारले माध्यामिक तहसम्म अनिवार्य तथा निशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य अघि सारेको भएपन उक्त लक्ष्यमा पुग्न केही समय लाग्ने भएकाले गाउँ शिक्षा समितिको सक्रियतामा गाविसलाई आधारभुत तहसम्म भएपनि अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणाले सरकारको उक्त लक्ष्यमा पुग्नलाई समेत मद्यत पुग्ने बताए । जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा भएपछि आधारभुत तहसम्म पढ्नका लागि कुनै पनि बालबालीकाहरुले आर्थिक समस्याले नछेक्ने बताए । नेकपा एमाले सुर्खेतका उपाध्यक्ष शीवप्रसाद उपाध्यायले अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक घोषणा गरेर मात्रै नहुने भन्दै यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले नियमित रुपमा अनुगमन गर्न पन गाउँ शिक्षा समितिलाई सुझाव दिए । घोषणा कार्यक्रम अघि लाटीकोइली गाविसमा रहेका विभिन्न विद्यालयहरुले झाँकीसहित र्‍याली निकालेका थिए । कार्यक्रम गाउँ शिक्षा समिति लाटीकोइलीका अध्यक्ष एवं गाविस सचिव नवराज थापाको सभापतित्वमा सम्पन्न भएको हो । यस अघि जिल्लाका चार वटा गाविसलाई आधारभुत तहसम्म अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरिसकिएको छ । 

No comments:

Post a Comment