Wednesday, December 7, 2011

‘घर न घाटको भइयो
दीपक बुढा/सुखर्ेत
सुर्खेत, २१ मंसिर ।
कालिकोट, चिल्खायाकी विजेश्वरी शाही २०५८ सालमा माओवादी ‘जनयुद्ध’मा होमिंदा १४ वर्षकी हुनुहुन्थ्यो । ९ कक्षाको पढाई चटक्क छोडेर बन्दुक उचाल्दा उहा“ले देखेका थुप्रैमध्ये एउटा सपना थियो, ‘नया“ नेपाल’ । तर, दसक लामो यात्रामा उहा“ले नया“ नेपाल देख्नु त कता–कता, आपूmबाट थुप्रै गुमाउनुभयो । ‘युद्धका बेला गोली लागेर हात काटियो, नावालक छोरो पनि गुमाए“,’उहा“ भन्नुहुन्छ, ‘अहिले घर न घाटको भएर बस्नु परेको छ ।’विजेश्वरीका श्रीमान् पदमराज परियार अपा· लडाकु हुनुहुन्छ । २०६१ माघमा सुर्खेतको भेरी पुलमा भएको दोहोरो भीडन्तमा उहा“को खुट्टामा गोली लाग्यो । त्यसअघि दाङ आक्रमणका बेला शरीरमा गडेका बमका छर्राले अहिले पनि पीडा दिइरहेका छन् । ‘जनताको मुक्तिको लागि भनेर ज्यानको प्रवाह नगरेर युद्ध लड्यौै, अहिले भने आप्mनै जीवन अघि बढाउन मुश्किल भइसक्यो’, पदमराज गुनासो गर्नुहुन्छ ।यो जोडीले युद्धमा अंगभंग भएको भन्दा ठूलो पीडा अन्तरजातीय विवाहको कारण भोगिरहेको छ । युद्धको बेला अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने माओवादी पार्टीले अहिले आप्mनो समस्यामाथि मौनता साँधेकोमा उहा“हरु दुःखी हुनुहुन्छ । ‘बरु युद्धका बेला जातभातको कुरा बाहिर आउ“थेन’, विजेश्वरीले भन्नुभयो, ‘शान्ति प्रक्रियापछि त गाउ“घरमा झन् जातभात हेर्न थालियो, यसले गर्दा माइतीस“गको साइनो पनि गुमाउनु पर्‍यो ।’माइतीहरुले श्रीमान्स“ग सम्वन्ध विच्छेद गरी पशुपतिमा गएर जिव्रो चोख्याएर आएमा मात्र छोरी मान्ने शर्त राखेको उहा“ले बताउनुभयो । त्यसैले उहा“ विवाह भएको आठ वर्षसम्म पनि माइत जानुभएको छैन । कालिकोटको पादमघाट भीडन्तमा सेनाको गोली लागेर बाया“ हात गुमाउनु भएकी विजेश्वरीले शान्ति प्रक्रियापछि राज्यबाट पाउने राहत पाउनु भएको छैन ।‘जनयुद्धका घाइते’को सूचीमा नाम राख्न पार्टीका नेताहरुलाई बारम्बार आग्रह गरेपनि बेवास्ता भएको उहा“को गुनासोछ । ‘एकपटक त रणवीर ९माओवादी केन्द्रीय सदस्य भरत बम०लाई चिठी लेखेरै दिए“’ उहा“ले भन्नुभयो, ‘तैपनि मेरो पीडापार्टीले बुझेन ।’ शान्ति प्रक्रियास“गै पार्टी संगठनमा सामेल विजेश्वरी लेखफर्सास्थित खारखोली गाउ“मा र पदमराज घोराही–सतबरिया ब्रिगेडको घाइते तथा अपांग लडाकु शिविरमा बस्नुहुन्छ ।सेना समायोजन प्रक्रियापछि भने आप्mना दुःखका दिन शुरु भएका उहा“हरु बताउनु हुन्छ । ‘शारीरिक श्रम गरेर कमाउन सक्ने स्थिति छैन, नियमित आम्दानीको माध्यम पनि छैन’ । सेनामा जाने इच्छा भए पनि अपांगताका कारण स्वेच्छिक अवकाश रोजेका पदमराजले भन्नुभयो, ‘जनयुद्धमा लाग्दाको फल त अब पाइएला जस्तो छ ।’

No comments:

Post a Comment