Saturday, December 3, 2011


कता हराए दशरथपुरका १ सय ५१ लडाकु ? घर विदामा गएका १२ प्रतिशत फकर्ेन


न्‍दशरथपुरस्थित माओवादी जनसेनाको छैठौं डिभिजनमा लडाकु पुनर्वर्गीकरण्ा प्रत्रिmयामा अनमिनले प्रमाण्ाित गरेको भन्दा १ सय ५१ लडाकु कम पाइएका छन्‍ । अनमिनले प्रमाण्ाित गरेको संख्या ३ हजार १ सयजनामा मंगलवार सम्पन्न पुनर्वर्गीकरण्ामा केवल २९ सय ३४ लडाकुमात्रै सहभागी भए । अभmै १ सय ५१ लडाकु पुगेनन्‍ । कता हराए त ती लडाकु भन्दै अहिले सोधखोज गर्न थालिएको छ ।       स्थानीय शिविर व्यवस्थापन तथा अनुगमन समितिको कार्यालयबाट ३ हजार ९७ जना लडाकुलार्इ तलव वितरण्ा गनर्े गरिन्छ । अनमिनले प्रमाण्ाित गरेको ३१ सय लडाकुमा १२ जनाको म ृत्यु भएको, २ जना निलम्बनमा परेको र एक जनालार्इ प्रशासनमा बुभmाएपछि ३ हजार ८५ जना बाँकी रहेको डिभिजनस्रोतले जनाएको छ । तीमध्ये २९ सय ३४ लडाकु पुनर्वर्गीकरण्ामा सहभागी भएपछि १ सय ५१ जना लडाकुहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन्‍ ।        सम्पर्कमा नआएका लडाकुहरुमध्ये १२ प्रतिशत विदामा गएर नफकर्ेको, कोही भारतमा उपचार गराउन गएको र कोही बैदेशिक रोजगारका लागि खाडी मुलुकतिर गएको स्रोतले जनाएको छ । सम्पर्क बाहिर रहेका लडाकुहरुमा पूर्ण्ाभmरना स्म ृति वि्रगेडका ५० जना, लेखफर्सास्थित घोराही सतवरिया स्म ृति वि्रगेडका ३४ जना, गुमीस्थित पिली स्म ृति वि्रगेडका ३० जना र कल्याण्ास्थित जीत स्म ृ ृति वि्रगेडका २५ जना लडाकु पुनर्वर्गीकरण्ा प्रत्रिmयामा सहभागी भएनन्‍ । त्यस्तै बाँकी मुख्यालयकै हुनसक्ने बताइन्छ ।       यसअघि छैठौं डिभिजनमा ३ हजार ९७ जना लडाकु रहेको सार्वजनिक भएको थियो । एक कमाण्डरका अनुसार तत्कालीन परिस्थितका कारण्ा उनीहरुलार्इ बैदेशिक रोजगारीमा पठाएपश्चात अहिलेसम्म पनि सम्पर्क हुन नसकेको, घर विदामा गएकाहरु नफर्किएकोजस्ता कारण्ाले पुनर्वर्गीकरण्ामा सहभागी हुन नसकेको दावी गर्छन्‍ ।        यता छैठौं डिभिजनमा पुनर्वर्गीकरण्ा प्रत्रिmयामा सवैभन्दा बढी जीत स्म ृति वि्रगेडका लडाकुहरुले समायोजना प्याकेज रोजेका छन्‍ । सो वि्रगेडका ७ सय ३० मध्ये ४ सय ३० जनाले समायोजन रोजेका छन्‍भने २ सय ८० जनाले स्वैच्छिक अवकाश रोजेका छन्‍ । त्यस्तै पूर्ण्ा भmरना स्म ृति वि्रगेडका ७ सय ३५ मध्ये ३ सयजनाले समायोजन रोजेका छभने ३ सय ८५ जनाले स्वैच्छिक अवकाश रोजेका छन्‍ । घोराही सतवरिया वि्रगेडका ७ सय २७ मध्ये ३ सय ९५ जनाले समायोजन, २ सय ९८ जनाले स्वैच्छिक अवकाश रोजेको विग्रेडले जनाएको छ । यसैगरी पिली स्म ृति वि्रगेडका ७ सय ५३ मध्ये ३ सय ६८ जनाले समायोजन, ३ सय ५५ जनाले स्वैच्छिक अवकाश रोजेका छन्‍ ।डिभिजन मुख्यालयमा भने ४० जनाले समायोजन र ६५ जनाले स्वैच्छिक अवकाश रोजेको डिजिभनका कार्यालय सचिव एवं वि्रगेड कमाण्डर नरबहादुर पुन ताराले बताए ।

No comments:

Post a Comment