Thursday, December 22, 2011


अत्यधिक रक्तश्रावले सुत्केरी महिलाको मृत्यु


अत्यधिक रक्तश्रावले बुधबार बिहान दैलेखमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको पश्चिम कुसापानीकी २७ वर्षीया लक्ष्मी सापकोटाको दैलेख जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु
भएको हो ।
स्थानीय कुसापानी उपस्वास्थ्य चौकीमा सुत्केरी भएकी लक्ष्मीलाई अत्यधिक रक्तश्राव भएपछि बुधबार बिहान जिल्ला अस्पताल ल्याइएको थियो । तर, अस्पताल पु¥याएको आधा घण्टामै उनको मृत्यु भएको थियो । उनले मंगलबार सा“झ मृत शिशु जन्माएकी थिइन् ।
अस्पतालका डा. खगेन्द्रजंग शाहले पाठेघर च्यातिएर वा पाठेघर नखुलेर बढी रक्तश्राव भई मृत्यु भएको हुन सक्ने
बताए । ‘समयमै अस्पतालमा पु¥याएको भए महिलालाई बचाउन सकिन्थ्यो,’ डा. शाहले भने, ‘तर यहा“ आउ“दा उनको अवस्था अत्यन्तै गम्भीर भइसकेको थियो ।’ दैलेखमा ग्रामीण क्षेत्रका महिलाहरुले समयमै उपचार नपाएर मृत्युको मुखमा पुग्ने गरेको उनले बताए ।

No comments:

Post a Comment