Monday, December 5, 2011


हाम्रो पीडा युद्धमा होम्ने माओवादीले देखेन
सुर्खेत, १९ मंसिर ।
अस्थायी शिविरमा रहेका माओवादी लडाकुहरुको पुनर्वर्गीकरण प्रक्रिया चलिरह“दा अनमिनको पुनर्वर्गीकरण प्रक्रियामा ‘अयोग्य’ लडाकुहरु अहिले आपूmमाथि अन्याय भएको भन्दै गुनासो गर्न थालेका छन् । अनमिनले दिएको पुनस्र्थापना कार्यक्रमबाट समेत राहत नमिलेकोले सरकारले थप सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।
स्कुलको पढाई बिचैमा छोडेर २०६० सालमा माओवादी सेनामा भर्ती भएका साहारेका नारायण पौडेलले अरु दुःख जेजस्तो भए पनि कसैले ‘अयोग्य लडाकु’ भनेर बोलाउ“दा पीडा हुने गरेको बताउनु भयो । ‘बहिर्गमनमा परेपछि हाम्रो पीडा न युद्धमा होम्ने माओवादीले देख्यो, न त राज्यले,’ सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहा“ले भन्नुभयो ।
८ कक्षा पढ्दापढ्दै माओवादी ‘लालसेना’ बनेका लेखफर्साका हरि थापालाई बहिर्गमनमा पर्नाको कारण अहिलेसम्म थाहा छैन । ‘मस“ग सेना हुनलाई कुनै योग्यताको कमी थिएन, तैपनि अयोग्य भनेर शिविरबाट निकालियो,’ उहा“ले पत्रकारस“ग गुनासो गर्नुभयो । ‘अहिले समाजमा ‘अयोग्य’को पीडा सहेर बा“च्नु परेको छ ।
दशरथपुरस्थित छैटौं डिभिजनबाट बहिर्गमनमा परेका अयोग्य लडाकुहरुले पूर्व जनमुक्ति सेना संघर्ष समिति गठन गरेका छन् । समितिका अनुसार छैटौं डिभिजनबाट चार सय ६ जना लडाकुहरु बहिर्गमनमा परेका थिए ।
समितिले बहिर्गमनमा परेका लडाकुमध्ये घाइते र अपा·हरुको अवस्था अझ नाजुक भएकोले सहयोगको लागि आग्रह गरेको छ ।
‘उस्तै अवस्थाका कतिपय साथीहरु अहिलेसम्म घाइते र अपा·कै रुपमा शिविरमा बसेर ठूलो राहत प्याकेजसहित विदाई हुने अवस्थामा छन्,’ समितिका संयोजकसमेत रहेका पौडेलले भन्नुभयो, ‘उतिबेला निकालिएका साथीहरु भने अपहेलित भएर बा“चिरहेका छन् ।’

No comments:

Post a Comment