Thursday, December 22, 2011


माओवादीको ज्यान मार्ने धम्कीपछि विस्थापित



सशस्त्र द्वन्द्वका बेला श्रीमान्लाई अपहरण गरी बेपत्ता पार्ने माओवादी कार्यकर्ताले उल्टै ज्यान लिने धम्की दिएपछि दैलेख भैंसेखोरकी एक महिला विस्थापित भएर सुर्खेत आएकी छन् । माओवादीका जिल्ला सहसेक्रेटरी कृष्णप्रसाद जैसी ‘विनय’ले तीन दिनभित्र घरम ग्रिनेट हान्ने धम्की दिएपछि विस्थापित भएर सुर्खेत आएको ३५ वर्षीया रामकुमारी जैसीले बताइन् ।
विनयको नेतृत्वमा आएका माओवादी कार्यकर्ताले २०६२ पुस २५ गते बिहान ४ बजे ओछ्यानबाटै श्रीमान् जयप्रसादलाई अपहरण गरी बेपत्ता पारेका पीडित महिलाको भनाइ छ । शान्ति प्रक्रियापछि श्रीमान्को खोजी गर्दा विनयले घटनाबारे मुख नखोल्न भन्दै धम्की दिने गरेको उनले बताइन् । ‘यसअघि पनि द्वन्द्वको बेलाको कुरा झिकेर बढी निहु“ नखोज भन्दै धम्की दिन्थे,’ उनले भनिन्, ‘अहिले आएर घरमै ग्रिनेट हान्छु भनेपछि भागेर सुर्खेत आउनु प¥यो ।’ गाउ“मै व्यापार–व्यवसाय गरी बसेका आप्mना श्रीमान्लाई सुराकीको आरोप लगाई अपहरण गरेको उनले बताइन् ।
‘पहिला पनि अपहरण गरिएको घटना सार्वजनिक नगर्नु भन्दै दवाव दिइरहन्थे,’ वीरेन्द्रनगरमा पत्रकारस“ग कुरा गर्दैउनले भनिन्, ‘पछि त पत्रिकामा समाचार आएपछि ज्यानै लिने धम्की दिए ।’
बारम्बारको धम्कीपछि उनी तीन वर्षदेखि नारायण नगरपालिका–६, भुर्तीस्थित माइतीघरमा बस्दै आएकी थिइन् । अहिले माइतीघरमै आएर मार्नेधम्की दिएपछि वीरेन्द्रनगर आएको उनले बताइन् ।
उनको भैंसेखोरस्थित घरमा पनि त्यस्तै बिजोग छ । तीन वर्षदेखि ७० वर्षीया सासु एक्लै छिन् । ‘ससुरा र देवर पनि बितिसके, घरमा बुढी सासु एक्लै हुनुहुन्छ,’ उनले भनिन्, ‘अहिले माइतीघरमै पनि बस्न नसक्ने स्थिति भएपछि सासुको हेरचाह गर्नघर कसरी जाने ?’ श्रीमान्को वास्तविक अवस्थाबारे जानकारी माग्दा माओवादीका जिम्मेवार नेताहरुले उल्टै झपार्नेगरेको उनले बताइन् । ‘सबै नेताहरुको बीचमा मलाई र विनयलाई राखेर कुरा गराउनुस् भन्दा पनि सुनुवाई भएन,’ उनले भनिन्, .

No comments:

Post a Comment