Sunday, December 18, 2011

मेहलकुनामा सार्वजनिक सुनुवार्इ सम्पन्न्
ासुखर्ेत । पुष्ा ३ गते
वर्तमान सरकारले जनताका गुनासो सुन्न प्रधानमन्त्रीको कार्यालयमा हेलो सरकारको व्यवस्था तथा सरकारी निकायलार्इ जतीसुकै ध्यानाकर्ष्ाण्ा गराएपनि जनतासँग प्रत्यक्ष्ा सरोकार राख्ने गाविसको कार्यालयले आफूहरुको पीडा प्रति सुनुवार्इ नगरेको एक कार्यत्रmममा मेहलकुनाबासीले गुनासो गरेका छन्‍ ।इन्सेक सुखर्ेतåारा ०६८ पुष्ा ३ गते मेहकुना गाविसमा आयोजित 'स्थानिय सेवा प्रदायक निकायहरुले दिने सेवा प्रभावकारिता र जनताको अपेक्ष्ाा' विष्ायक सार्वजनिक सुनुवार्इ कार्यत्रmममा उनीहरुले यस्तो गुनासो गरेका हुन्‍ । उनीहरुले गाविस कार्यालयले सशस्त्र åन्åका पीडितहरुलार्इ कसरी राहत उपलब्ध गराउन सकिन्छ भन्ने बारेमा सूचना तथा विभिन्न कार्यत्रmम गरी जानकारी गराउनुपनर्े माग गरेका थिए कार्यत्रmममा सेवाग्राही åन्द पीडित छवि रेग्मी र बलबहादुर बादी लगायतले मेहलकुना गाविसका गाविस सचिवले आफ्‍ना पीडाहरु प्रति ध्यान नदिने गरेको आरोप पनि लगाएका थिए । कार्यत्रmममा उपस्थित जेष्ठ सदस्य गगन रानाको सभापतित्वमा सम्पन्न कार्यत्रmममा सुर्य ज्योती उच्च मावि मेहलकुनाका प्राचार्य चुडामण्ाि शर्मा, मेहेलकुना प्रहरी चौकीका इन्चार्ज केशर भारती, एकीक ृत माओवादीका बुदे राना र नेकपा एमालेका तेजप्रसाद पौडेल लगायतले बोलेका थिए । पटक पटक कार्यत्रmममा आउन अनुरोध गर्दा गाविस सचिव गोविन्द राना भने कार्यत्रmममा अनुपस्थित भएको इन्सेक सुखर्ेतका संयोजक एकराज शर्माले जानकारी दिए । कार्यत्रmमको उद्देश्यमाथी प्रकाश तथा सहजिकरण्ा संयोजक शर्माले गरेका थिए । यसैवीच ०६८ पुष्ा २ गते मैनतडा गाविसमा पनि इन्सेक सुखर्ेतåारा सार्वजनिक सुनुवार्इ कार्यत्रmम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment