Saturday, December 3, 2011


५देखि ४९ वर्षसम्मका व्यक्तिमा एचआईभी संक्रमण बढी
सुर्खेतमा २५ देखि ४९ वर्षसम्मको उमेर समूहका व्यक्तिहरुमा एचं.आइ.भीको संक्रमण बढी भएको पाइएको छ । उत्पादनशिल उमेर समुहको रुपमा रहेको २५ देखि ४९ वर्षको उमेर समूहका व्यक्तिहरुमानै एच.आई.भीको संक्रमण बढी भएको पाइएको जिल्ला एड्स समन्वय समितिको सचिवालय सुर्खेतले जनाएको छ ।
सचिवालयका संयोजक चेनतनिधि वाग्लेका अनुसार सुर्खेतमा रहेका विभिन्न स्वच्छिक परामर्श तथा परिक्षण केन्द्रहरुमा रगत परिक्षण गराएकाहरुमध्ये २०६८ सालको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार ३ सय ४७ जनामा एच.आई.भी संक्रमण भएको पाइएको र जसमा अधिकांश व्यक्तिहरु २५ वर्षदेखि ४९ वर्षसम्मका रहेका छन् । उनले ३ सय ४७ एच.आई.भि संक्रमितहरुमध्ये २ सय ५९ जना सुर्खेतभित्रका र ८८ जना जिल्लाबाहिरका रहेको समेत जानकारी दिए ।
संयोजक निधीले घर, परिवार, समाज र राष्ट्रका लागि केही गर्ने उमेरका व्यक्तिहरुमा नै एच.आई.भीको संक्रमण बढी देखिएकाले यसले मुलुकलाईनै वर्वादीको दिशातर्फ अघि बढाएको बताए । उनले भने, ‘राष्ट्रको विकासका लागि योगदान पु¥याउने समयमानै युवाहरु एच.आई.भि.जस्तो रोगबाट संक्रमित हुनुले राष्ट्रकै विकासमा बाद्या उत्पन्न हुन्छ । त्यसैले एच.आई.भीको संक्रमणलाई नियन्त्रण गर्नका लागि बेलैमा सचेत हुन जरुरी छ ।’
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य प्रशासक मुकुन्दराज गौतमले बेरोजगारीका कारण यहाँका अधिकांश युवाहरु रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँहरुमा जाने र त्यहाँ असुरक्षित यौन सम्कर्प गरी एअ.आई.भीजस्ता रोगबाट संक्रमित भई आउने गरेको र उनीहरुबाट उनीहरुका श्रीमतिमा पनि एच.आइ.भीका भाइरस सर्दा एच.आइ.भीको संक्रमण जिल्लामा बढेको बताए । उनले विद्यालयका पाठ्यक्रममानै एच.आई.भीका बारेमा उल्लेख्य मात्रामा
समावेश गरी शिक्षा दिन सकेमा यसको न्युनिकरण गर्न सकिने बताए ।
गौतमले सुर्खेतमा अधिकांश मौसमी कामदार, यौनकर्मीका ग्राहक, गृहिणीहरु रहेको पाइएको जनाए । उनले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा हालसम्म १ सय १८ जना एच.आई.भी संक्रमितहरुले एन्टी रेट्रोभाइरल थेरापी प्रयोग गरीरहेको समेत जानकारी दिए । अस्पतालबाट हाल स्वच्छिक परामर्श तथा परिक्षण सेवा, एन्टीरेट्रोभाइरल थेरापी सेवा एवं सीडिफोर काउन्ट सेवा उपलब्ध भइरहेको छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालय सुर्खेत र यहाँका अन्य विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि एच.आई.भी र एड्सका बारेमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरीरहेका छन् ।

No comments:

Post a Comment