Tuesday, December 6, 2011


स्थानीय निकायको निर्वाचन पहिलो प्राथमिकता : नेपाल


दीपक बुढा/सुखर्ेत
सुर्खेत, २० मंसिर ।
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी कातिक–मंसिर महिनामा स्थानीय निकायको निर्वाचन गर्न दलहरुवीच सहमति भएको खुलासा गर्नुभएको छ । स्थानीय निकाय जनप्रतिनिधिविहीन हु“दा साधन श्रोतको चरम दुरुपयोग भएको भन्दै उहा“ले नया“ संविधान जारी गरिसकेपछि स्थानीय निकायको निर्वाचन गराउन सबै दलले सहमति जनाएको बताउनुभयो ।प्रेस चौतारी सुर्खेतले मंगलवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहा“ले भन्नुभयो,‘स्थानीय निकायमा अहिलेको साधन स्रोतको दुरुपयोग रोक्ने उपाय भनेको स्थानीय निकायको निर्वाचन नै हो । त्यसैले यो विषयमा दलहरु निर्वाचन गराउन सहमत भएका छन् ।’ उहा“ले तत्कालै निर्वाचन गराउनुपर्छ भन्ने केही दलबाट प्रस्ताव आएपनि संविधान निर्माणको काम प्रभावित हुने हु“दा आगामी मंसिरमा नै निर्वाचन उपयुक्त रहेको बताउनुभयो । उहा“ले भन्नुभयो, ‘मुलुक संघीय संरचनामा जा“दा यसका कामहरु पूरा हुन अरु तीन वर्ष लाग्न सक्छ, त्यतिबेलासम्म पनि स्थानीय निकाय जनप्रतिनिधिविहीन भइरहे अहिलेको दुरुपयोग अझ बढ्नसक्छ । त्यसैले जतिसक्यो चा“डो स्थानीय निकायको निर्वाचन गराउन दलहरु सहमत छन् ।’ एक अर्को प्रसंगमा पूर्व प्रधानमन्त्री नेपालले संविधानसभाको आयुवारे सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेताहरुको गतिछाडा प्रवृतिलाई नियन्त्रण गरेको बताउनुभयो । जनताको सार्वभौम अभिमत भन्दा आफुलाई महान् ठान्ने नेपालका नेताहरुको प्रवृतिलाई सर्वोच्च अदालतको आदेशले अंकुश लगाएको उहा“को भनाइ छ ।जनताको अभिमत भन्दा संसदलाई सर्वेसर्वा ठान्ने प्रवृतिलाई सर्वोच्च अदालतको पछिल्लो फैसलाले नियन्त्रण गरेको छ । त्यसलाई सम्मान गर्नैपर्छ । उहा“ले भन्नुभयो, ‘नेपालमा ब्रिटेनमा जस्तो सर्वेसर्वा संसदको आवश्यक छैन, जसले जुनसुकै निर्णय पनि गर्ने सामथ्र्य राख्छ ।’ सर्वोच्चको फैसलाबारे संसदमा भइरहेको बहसलाई उहा“ले अनवाश्यक टिप्पणीको संज्ञा दिनुभयो । जनताले समयमै संविधान बनाऊ“ भनेर पठएका जनप्रतिनिधिहरुले अनावश्यक रुपमा आफ्नो आयु लम्ब्याउनु नहु“ने उहा“को भनाइ थियो । पूर्व प्रधानमन्त्री नेपालले सात बु“दे सहमतिमै अविलम्बन राष्ट्रिय सरकार गठनको सहमति भइसकेकोले अहिले नया“ सरकारको आन्तरिक परामर्श शुरु भएको बताउनुभयो । नया“ सरकारको लागि कसको नेतृत्वमा बन्ने भन्नेबारे अझै निर्णय भइनसकेको बताउ“दै उहा“ले भन्नुभयो, ‘दलहरुबीच चक्रीय प्रणालीमा जाने सहमति बनेको छ । त्यसका लागि कति समय कसले नेतृत्व गर्ने भन्नेबारे निक्र्योल हुन मात्र बा“की छ ।’दलहरुबीचको पछिल्लो सहमतिले शान्ति र संविधान निर्माणमा रहेका अन्यौल र भ्रमहरु कम भएको भन्दै उहा“ले सहमति अनुसार नै सबै कामहरु हुनुपर्ने बताउनुभयो । पुनर्वर्गीकरण गरिएकामध्ये स्वैच्छिक र पुनस्र्थापनामा रोजेका लडाकुहरुले अविलम्ब शिविर छाड्ने र समायोजनमा जाने लडाकुहरुलाई सेनाको जिम्मा लगाएर शिविर पूर्ण रुपले खाली गराउने सहमति भएकोले माओवादी पनि छिट्टै शिविर खाली गराउने पक्षमा रहेको उहा“को भनाइ थियो । वर्तमान प्रधानमन्त्री भट्टराईले जतिसुकै मितव्ययिताको कुरा गरेपनि दोहोरो चरित्र देखाएको उहा“को आरोप छ । उहा“ले भन्नुभयो, ‘चढ्ने मुस्ताङ म्याक्स, कुरो गर्ने मितव्ययीताको तर काममा भने सबैभन्दा बढी कुशासन ।’ प्रधानमन्त्रीले सबै कुरामा किर्तिमान राखेकोले मुलुकमा भ्रष्टाचारले सीमा नाघिसकेको, दण्डहीनता र अराजकताले प्रश्रय पाइरहेको उहा“ले बताउनुभयो । 

No comments:

Post a Comment