Thursday, December 1, 2011


कण्डमको प्रयोग नहु“दा एचआईभी संक्रमण बढ्यो

२४ औं विश्व एड्स दिवस विहीबार सुर्खेतमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । दिवसकै अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला एड्स समन्वय समितिको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा ¥याली समेत निकालिएको छ ।
त्यस्तै समाज जागरण केन्द्र (स्याक) को आयोजना तथा अन्तर निर्भर समाज र केड नेपालको सहयोगमा युवाहरुबीच फुटबल प्रतियोगितासमेत विहीबार नै सम्पन्न भएको छ । स्थानीय रंगशालामा संगम युवा क्लव र एबिसि स्पोर्टस् क्लव विचको प्रतियोगितामा ५–२ गोल अन्तरले एबीसी क्लव विजयी भएको छ ।
युवाहरुबीच खेलकुद्को माध्यमबाट एचआईभीको बारेमा जनचेतना जगाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । सो अवसरमा जिल्ला एड्स समन्वय समितिका अध्यक्ष रमेशकुमार केसीले युवाहरु सचेत भएमा एचआईभी संक्रमणलाई रोक्न सकिने बताउनुभयो ।
त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक मुकुन्द गौतमले कण्डमको सही प्रयोग नहुंदा एचआईभी संक्रमितहरुको संख्या बढ्दै गएको बताउनु भयो । साथै उहा“ले अधिकांश संक्रमितहरुमा कण्डमको प्रयोग नगरी असुरक्षित तरिकाले यौन सम्पर्क गर्दा एचआईभी जिवाणु संक्रमण भएको उल्लेख गर्नुभयो ।
स्याक नेपालका अध्यक्ष गोपीकृष्ण ढकालले असुरक्षित व्यवहारका कारण दिनहुं एचआईभी संक्रमण बढ्दै गएको भन्दै जनचेतना जगाउनुपर्ने बताउनुभयो ।
एड्स दिवसकै अवसर पारेर अन्तरक्रिया, किशोरी शिक्षा, भित्ते लेखन, घुम्ती शिविर, कण्डम फुलाउने प्रतियोगिता र विद्यालय स्तरीय वादविवाद प्रतियोगिताहरु सम्पन्न भएको जिल्ला एड्स समन्वय समितिका संयोजक चेतननिधी वाग्लेले जानकारी दिनुभयो ।
साथै उहा“ले शारीरिक सम्पर्क गर्दा कण्डमको सही प्रयोग हुन सकेमा ९० प्रतिशत एचआईभी संक्रमणलाई रोक्न सकिने उल्लेख गर्नुभयो ।

No comments:

Post a Comment